भरतपुरको बोस्टन कलेजका ११७ जना विद्यार्थी उत्कृष्ट नजितासहित विश्वविद्यालयको डिन लिस्टमा

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजका ११७ जना विद्यार्थी उत्कृष्ट नतिजासहित विश्वविद्यालयको डिन लिस्टमा परेका छन् ।

पोखरा विश्वविद्यालयले हालसालै प्रकाशित गरेको बीबीए, बीबीए–बीआई, बीसीआईएस तर्फ पहिलो, तेस्रो, पाँचौ र सातौं समेस्टरका विद्यार्थीहरु उत्कृष्ट नतिजा ल्याएर डिन लिस्टमा परेका हुन् । विश्वविद्यालयको ४ मा ३.७ ग्रेडबाट ४ सम्म ल्याउने विद्यार्थीहरुलाई विश्वविद्यालयले डिन लिस्टमा समावेश गरेर प्रमाणपत्रसहित सम्मानित गर्ने प्रचलन छ ।

बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले कलेजले बिगत दुई वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा ल्याएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ बोस्टन इन्टरनेशनल कलेजको योजनाबद्ध पढाउने विधि र प्रणालीको कारणले सधै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छौं । सबै तहमा एउटै विधि र प्रक्रियामा अध्ययन, अध्यापन हुन्छ । शैक्षिक गुणस्तरियतामा कुनै कमी आउन नदिएकोले नै यो सफलता मिलेको हो । ’ कलेजले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै पनि आइरहेको छ । विश्वविद्यालयको परीक्षामा ४ मा ४ ग्रेड ल्याउने विद्यार्थीलाई कलेजले सेमेस्टर शुल्कमा ३० हजार रुपैयाँ, ३.९४ अंक ल्याउनेलाई १५ हजार रुपैयाँ र ३.७ अंक ल्याउनेलाई पनि शुल्कमा छुट दिँदै आइरहेको छ । कलेजका अध्यक्ष चन्दले गत वर्ष ८८ लाख रुपैयाँ विद्यार्थीको छात्रवृत्तिमा खर्च गरेको र यस वर्ष एक करोड पाँच लाख रुपैयाँ खर्च हुने बताए । कलेजले शैक्षिक गुणस्तर वृद्धिको लागि विभिन्न अतिरिक्त क्रियाकलापको साथमा आवासीय कार्यशाला, उद्यमशिलता प्रवद्र्धन, शैक्षिक भ्रमण, देशभित्र र बाहिरका बित्तीय कम्पनीहरुमा इन्टरर्नशिप जस्ता विद्यार्थी केन्द्रित क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

Source: Narayani Online https://narayanionline.com/2023/07/257546/

Leave a Reply