भरतपुरको बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरलाई विश्वविद्यालयको स्वर्ण पदक

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरले उत्कृष्ट नतिजा ल्याएकोले स्वर्ण पदक प्राप्त गर्ने भएकी छन् ।कलेजले आज एक सूचना सार्वजनिक गर्दे सबै आठवटा समेस्टरमा ४ जीपीए ल्याएकोले उनले स्वर्ण पदक प्राप्त गर्ने जनाएको हो ।

मारवाडी परिवारमा जन्मिएकी अन्जलीले अध्ययनको साथसाथै परिवारको खाद्यान्न व्यापारमा सहयोग गर्दे आइरहेकी थिइन् । उनले बोस्टन कलेजको आन्तरिक परीक्षादेखि सबै विश्वविद्यालयको परीक्षामा ४ जीपीए नै ल्याएकी थिइन् । कलेजका अनुसार अन्जली नाँच्न, गाउन र कलेजका हरेक अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएकी थिइन् ।

स्वर्ण पदक पाउने भएपछि खुसी हुँदै अन्जलीले नारायणी अनलाइनलाई भनिन्, ‘ अब मेरो सोच राम्रो अंक ल्याएर एमबीए उर्तीर्ण गर्ने छ । पेसाको रुपमा भने भविष्यमा इभेन्ट म्यानेजरको रुपमा काम गर्न चाहन्छु ।’

भरतपुर महानगरपालिका–३ बेलचोककी स्थायी बासिन्दा अन्जलीले एसएलसी सिद्धार्थ बोर्डिङ स्कुल, कक्षा ११ र १२ अरोमा कलेजबाट उतीर्ण गरेकी थिइन् । बुबा व्यवसायी महेश झँवरको खाद्यान्न व्यापारलाई सफल बनाउन अन्जलीको महत्वपूर्ण योगदान रहेको छ । उनले आफ्नो हजुरबुबाहरु सोहनलाल झँवर र मामाघरको हजुरबुबा सोहनलाल डागालाई जीवनको प्रेरणाको स्रोत मान्दै आइरहेकी छन् ।

Source: भरतपुरको बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरलाई विश्वविद्यालयको स्वर्ण पदक « Narayanionline.com

Leave a Reply