बोस्टन कलेजकी झँवर पोखरा विश्वविद्यालय टपर

बोस्टन इन्टरनेसनल कलेज भरतपुरकी छात्रा अञ्जली झँवर पोखरा विश्वविद्यालय टपर बनेकी छिन् । बिबिए आठौँ सेमेस्टरकी अञ्जली प्रत्येक सेमेस्टरमा ४ जिपिए प्राप्त गर्दै पोखरा विश्वविद्यालयको स्वर्ण पदक विजेता बनेकी हुन् ।

बोस्टन इन्टरनेसनल कलेजबाट सन् २०१८–२०२३ को बिबिएको परीक्षामा एक सय २० जना विद्यार्थी सम्मिलित थिए । कलेजका एसोसिएट डाइरेक्टर पुष्पराज अधिकारीले कलेजबाट ९७.७ प्रतिशत विद्यार्थी पास भएको बताए ।

अञ्जलीले एमबिएपछि इभेन्ट म्यानेजरको रूपमा काम गर्ने इच्छा भएको बताइन् । नाच्न, अभिनय गर्न रुचि राख्ने अञ्जली कलेजका अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएकी थिइन् । यसअघि यसै कलेजकी पुष्प चौधरीले व्यवस्थापन संकायतर्फ स्वर्ण पदक जितेकी थिइन् ।

 

Source: https://nayapatrikadaily.com/news-details/124887/2023-09-24?fbclid=IwAR2J6VTMDpqCq0E3DPrFbWLjedEgBErFoAp0NY9BKEJFNEyrgWdSCMWaf3Q

Leave a Reply