बोस्टन कलेजबाट एमबिए उत्तिर्ण विद्यार्थी दिक्षित

चितवन, साउन ५-
चितवनको भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजबाट स्नाकोत्तर तह उत्तिर्ण भएका विद्यार्थी दिक्षित भएका छन् । शुक्रवार(आज) भरतपुरमा एक कार्यक्रमको आयोजना गरी बोस्टन कलेजबाट एमबिए उत्र्तीर्ण भएका विद्यार्थीलाई दिक्षित गरिएको हो । कलेजले शुक्रवार गरेको दिक्षान्त समारोह तेस्रो हो । तेस्रो दिक्षान्त समारोहमा ४५ जना विद्यार्थी दिक्षित भएको कलेजका एमबिए कार्यक्रम संयोजक जगदिश तिमिल्सिनाले जानकारी दिनुभयो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर कलेजले सन् २०१७ सालदेखि एमबिए पढाई सुरु गरेको थियो ।


कलेजले उत्कृष्ट नतिजा समेत ल्याउँदै आएको छ । पोखरा विश्वविद्यालयका रजिष्टार प्रा.डा.दिपक बहादुर भण्डारीले दक्षित विद्यार्थीलाई नेपालको विकासका लागि योगदान दिन अनुरोध गर्नुभएको छ । ‘अहिले नेपालमा युवा बस्दैनन् । तर यहाँ अवसर बढी छ,’ उहाँले भन्नुभयो, ‘आफ्नो योजनाका साथ अगाडि बढ्नु पर्दछ ।’ विदेश पलायन हुने क्रम बढ्दै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।
हालसालै प्रकाशित गरेको बीबीए, बीबीए–बीआई, बीसीआईएस तर्फ पहिलो, तेस्रो, पाँचौँ र सातौँ सेमेस्टरका एक सय १७ जना विद्यार्थी उत्कृष्ट नतिजा सहित विश्व विद्यालयको डिन लिस्टमा परेका थिए । कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले आफुहरुले उत्कृष्ट नतिजा दिनको लागि धेरै प्रयास गरेको बताउनुभयो । विद्यार्थीहरुलाई आगामी भविष्यको शुभकामना दिँदै उहाँले नेपालमै बसेर केही गर्न विद्यार्थीलाई अनुरोध गर्नुभयो । कलेजले विगत दुई वर्षदेखि निरन्तर उत्कृष्ट नजिजा ल्याउँदै आएको छ ।
कलेजले गत वर्ष ८८ लाख रुपैयाँ विद्यार्थीको छात्रवृत्तिमा खर्च गरेको र यस वर्ष एक करोड पाँच लाख रुपैयाँ बजेट छुट्टाएको छ । कलेजले शैक्षिक गुणस्तर वृद्धिको लागि विभिन्न अतिरिक्त क्रियाकलापको साथमा आवासीय कार्यशाला, उद्यमशिलता प्रवद्र्धन, शैक्षिक भ्रमण, देशभित्र र बाहिरका बित्तीय कम्पनीहरुमा इन्टरर्नशिप जस्ता विद्यार्थी केन्द्रित क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । कलेजका एमबिए कार्यक्रम निर्देशक जगदिश तिमिल्सिनाले स्वागत मनतव्य राख्नुभएको कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका निर्देशक ऋषिराम कट्टेल, नविल बैंकका सिइओ मनोज ज्ञवाली, कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष कल्याणी मिश्र लगायतले विद्यार्थीहरुलाई प्रेरणा दिनुभएको थियो ।

 

Source: https://narayanionline.com/2023/07/260525/

 

Leave a Reply