बोस्टन कलेजका विद्यार्थीद्वारा प्रोजेक्ट प्रदर्शनी

भरतपुर । बोस्टन इन्टरनेशनल कलेजका बिसिएसआइटीका छैटौँ र आठौँ समेस्टरका विद्यार्थीहरुले प्रोजेक्ट प्रदर्शनी गरेका छन् ।

बोस्टनका एसोसिएट डाइरेक्टर पुष्पराज अधिकारीका अनुसार विद्यार्थीहरुले भविष्यमा यसरी काम गरेर देखाउन सक्छौँ भन्ने हिसाबले सात वटा प्रोजेक्टहरु प्रदर्शन गरेका जानकारी दिए । सात समूहमा बाँडिएका विद्यार्थीहरुले विभिन्न एपहरुको प्रोजेक्ट प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरुले आइटीसँग सम्बन्धित मोबाइल एप्लिकेशन, कृषिसँग सम्बन्धित एपहरु, प्यक्तिगत डेटा राख्ने एपहरु, खानासँग सम्बन्धित पोजेक्ट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उद्योग संघलगाायत विभिन्न संघसंस्थाबाट आएका विषयविज्ञहरुले प्रोजेक्टको विषयमा विभिन्न सुझावहरु दिएका थिए । कार्यक्रममा प्रमाणपत्र वितरण तथा मायाको चिनो वितरण गरिएको थियो ।

 

Source: https://echitwanpost.com/220701/2023072909/47/06/

Leave a Reply