काठमाडौंमा पोखरा विश्वविद्यालयको ‘इन्डस्ट्री एकाडेमिया डाइलग’

काठमाडौं । पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायले नेपाली रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादनका निमित्त काठमाडौंमा इन्डस्ट्री एकाडेमिया डाइलग कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपालका उच्च व्यावसायिक कम्पनीका सञ्चालक, उच्च पदाधिकारी, शैक्षिक क्षेत्रका आबद्ध व्यक्तित्वहरु र विद्यार्थीहरुबीच अन्तर्क्रिया भएको छ । कार्यक्रममा पोदरा विश्व विद्यालयले नेपालका व्यावसायिक कम्पनीहरुले अपेक्षा गरेअनुसारको जनशक्ति उत्पादन गर्न आवश्यक विषयमा राय लिएको छ ।

यससँगै विश्वविद्यालयले प्रयोगात्मक शिक्षा प्रणाली विकासका लागि पाठ्यक्रमसमेत परिमार्जन गर्ने योजना बनाएको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजका डिन दयाराज ढकालले जानकारी दिए ।

Source: काठमाडौंमा पोखरा विश्वविद्यालयको ‘इन्डस्ट्री एकाडेमिया डाइलग’ (kantipurtv.com)

Leave a Reply