स्नाकोत्तर पास गरेका चितवनको बोष्टन कलेजका ७८ विद्यार्थी दिक्षीत

चितवन,चैत २६-

भरतपुरमा रहेको बोष्टन ईन्टरनेशनल कलेजले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । एमबिए कार्यक्रम अन्तर्गत शैक्षिक सत्र सन् २०१८ देखि १९ ब्याचका विद्यार्थीहरुलाई शुक्रबार भरतपुरमा दिक्षीत गरिएको हो ।

दिक्षित हुनेमा चार वटा ब्याजका ७८ जना विद्यार्थी रहेका छन् । शुक्रवार दिक्षीत हुनेमा छैटौँ ब्याजका विद्यार्थी हुन् । कलेजले २०१७ मा पोखरा विश्वविद्यालय मार्फत एमबिए कक्षा सञ्चालन गर्नका लागि मान्यता प्राप्त गरेको थियो । अहिलेसम्म यस कलेजबाट १६० जनाले स्नातकोत्तर पास गरेको बोष्टन कलेजका एमबिए कार्यक्रम संयोजक जगधिस तिमिल्सिनाले जानकारी दिनुभयो । एमबिएका कक्षा सञ्चालनका लागि बोष्टन कलेजलाई ३० जना विद्यार्थीको कोटा रहेको छ ।

कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका डिन, सह–प्राध्यापक डा. दयाराज ढकालले दिक्षीत विद्यार्थीलाई शुभकामना दिँदै सकारात्मक सोचका आफ्नो शैक्षिक योग्यतालाई बृद्धि गर्न जोड दिनुभएको थियो ।

दिक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै बोष्टन कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले बोष्टनले उत्कृष्ट शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको धारणा राख्नुभयो । पढाई सँगसँगै विभिन्न ठाँउमा लगेर आवासिय कार्यशालाहरु गराउने, ईन्टर्नसिप तथा विभिन्न कार्यक्रममा सहभागी गराउन देशभित्र तथा विदेशमा समेत लैजाने गरेको जानकारी गराउनुभयो ।

एमबिए कार्यक्रम संयोजक जगधिस तिमिल्सिनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप प्रध्यापक श्रमिका रिजाल लगायतको उपस्थिति रहेको थियो ।

Source: https://narayanionline.com/2022/04/09/175205/

Facebook
Twitter
LinkedIn