बोष्टन कलेजमा “डेमो डे – उद्यमी विकास कार्यक्रम ४” सम्पन्न

चितवन: बोष्टन ईन्टरनेशनल कलेजको, ईन्क्युवेसन विभाग, बिआईसी स्टार्टअप्सद्वारा ‘डेमो डे – उद्यमी विकास कार्यक्रम ४”’ नामक कार्यक्रम सम्पन्न भएको छ। पुष ८ गते शुक्रबार दिउँसोको २:०० बजेदेखि सुरु भएको कार्यक्रम ४:०० बजे सम्पन्न भएको थियो। चितवनका प्रतिष्ठित उद्योगी व्यवसायी, उद्यमी, शैक्षिक संस्था एवम् व्यवसायी संगठनका प्रतिनिधिहरु, लतायतका व्यक्तित्वहरु सम्मलित कार्यक्रममा ईन्क्युवेसन विभागका ४ वटा सहभागी टिमहरुले आफ्नो उद्यमशील व्यवसायको प्रस्तुति दिएका थिए।

चितवनलाई नेपालमा उद्यमशील शहरका रूपमा स्थापना गर्ने लक्ष्यका साथ काम गरिरहेको बिआईसी स्टार्टअप्सले यस कार्यक्रम मार्फत करिब २४ घण्टाको उद्यमशीलता तालिम र ८ घण्टाको मेन्टरीङ् सहयोग गरी तयार भएका उद्यमीहरुलाई सार्वजनिक गरेको हो। पहिलो कोहर्टमा ५ वटा, दोस्रो कोहर्टमा ६ वटा, र तेस्रो कोहर्टका ५ वटा व्यवसायलाई उद्यमशील बनाउन सफल भएको यस विभागले चौथो कोहर्टमा चार: वृक्ष ओर्ग्यानिक्स, गृह सेवा, वेबमार्ट, र फिल्म फ्लो क्रयसन गरी ४ टिमलाई निरन्तर रुपमा तालिम, परामर्श एवम् अन्य तरिकाहरुबाट सहयोग प्रदान गर्दे आएको थियो।यस बाहेक थप चारवटा टिमहरु पनि तालिममा सहभागि थि‍ए यद्यपि व्यावसायिक प्रस्तुति भने गर्न सकेनन्।

बिआ‌ईसी स्टार्टअप्सले विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको उद्यमी विकास कार्यक्रमको एक झलक प्रस्तुत गर्दै विभागिय प्रमुखको रुपमा कार्यरत प्रेम गैरेले विगतमा २१ वटा स्टार्टअप्सलाई तालिम एवम् सहयोग गर्न सफल रहेको र त्यसमध्ये ४ वटा टिमलाई ८ लाख रुपैयाँ बिउ पुँजी लगानी गरेको पनि जानकारी दिनुभयो। बिउ पुँजी लगानी गरेको मध्ये २ वटा टिमले पुँजी फिर्ता गर्न पनि सुरु गरिसकेको पनि अवगत गराउनुभयो। चितवनलाई उद्यमशीलताको केन्द्र बनाउने दीर्घकालीन सोच एवम् रणनैतिक योजना अनुरुप काम गरिरहेको बोष्टनले ‘भिजन २०२७” नामक पञ्चवर्षिय योजना अन्तर्गत रु १ करोडको बिउँ पुजी निर्माण गर्ने लक्ष्यमा प्रतिबद्ध भई काम गरेको र विश्वविद्यालय अनुदान आयोगको ‘उद्यमशीलता सहायता कार्यक्रम’ (Entrepreneurship Support Program) अनुदानको लागि पनि छनोट भएकाले उक्त लक्ष्य हासिल गर्नलाइ अझै हौसला मिलेको पनि बताउनु भयो।

 

Link : बोष्टन कलेजमा “डेमो डे – उद्यमी विकास कार्यक्रम ४” सम्पन्न (narayanipress.com)

Facebook
Twitter
LinkedIn