विद्यार्थीका लागि ७० हजार पुरस्कार राशिको ७२ घण्टे ह्याकाथन हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजमा ‘बीआईसी ह्याकाथन’ आयोजना हुने भएकाे छ । साे कलेजकाे क्लब बोस्टन सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजीले पुस ११ देखि चार दिनसम्म याे ह्याकाथन गर्न लागेकाे हाे ।
विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङमार्फत प्रस्तुत गर्नुपर्ने छ । पहिलो, दोस्रो र तेस्रो दिन प्रतिस्पर्धीहरुले आफ्नो योजनालाई कोडिङमा परिणत गर्नुपर्छ र चौंथो अर्थात् अन्तिम दिन आफूले बनाएको योजनालाई निर्णायकसामु प्रस्तुत गर्नुपर्ने छ ।

कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसका लागि प्रति टोली ४५ सय रूपैयाँ तोकिएको छ । कार्यक्रममा कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागी जनाउन सक्ने बताइएकाे छ ।
कार्यक्रममा प्रथम हुने समूहलाई नगद ३० हजार रूपैयाँ, दोस्रो हुनेलाई २० हजार र तेस्राे हुनेलाई १५ हजार रूपैयाँ पुरस्कार दिइने आयोजकले जनाएकाे छ । साथै कार्यक्रममा सहभागी टोलीमध्ये एक उत्कृष्ट टोलीलाई नगद पाँच हजार रूपैयाँका साथ प्रमाणपत्र दिइनेछ ।

Source: https://www.techpana.com/2022/139673?fbclid=IwAR2ZR9Hwp-aVK9eUuOqZWQX_f_I4MgSJjwm6Td6P1gDxZvktBBIHCzo9XKU

Leave a Reply