भरतपुरमा बोष्टन इन्टरनेशनल कलेजको दीक्षान्त, १०० बढी विद्यार्थी दीक्षित

चितवन गार्डेन रिसोर्टमा शुक्रबार कलेजले बिबिए र बीबीए–बीआई अन्तर्गत शैक्षिक सत्र–२०१६ ब्याजका विद्यार्थीहरुलाई संयुक्त रुपमा दीक्षित गरेको हो । कार्यक्रममा स्नातकको बिबिए–बीआई कार्यक्रमबाट ३.९९ जीपीए ल्याएर स्वर्ण पदक प्राप्त गर्ने पुष्पा चौधरीलाई सम्मान गरिएको थियो भने डिन लिस्टमा पर्न सफल स्नातक तहका विद्यार्थीहरुलाई पनि कदर गरिएको थियो।

दीक्षान्त कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन सह–प्राध्यापक डा. दयाराज ढकालले एक असल विद्यार्थी हुन सकारात्मक सोचको आवश्यक पर्ने बताए । त्यस्तै कार्यक्रममा विशेष अतिथि प्राध्यापक अच्युत वाग्लेले विद्यार्थीले बुबाआमाको मिहिनेत र संघर्ष बुझेर सम्मान तथा कृतज्ञ हुनु पर्ने बताए । उनका अनुसार दीक्षित विद्यार्थीहरुले अझै जीवन जागिर र ज्ञान बुझ्न आवस्यक छ ।

दीक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष चन्दले बोष्टनले उत्कृष्ट शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको र विद्यार्थीलाई पढाई सँगसँगै विभिन्न ठाँउमा लगेर आवासीय कार्यशालाहरु गराउने, इन्टर्नसिप तथा विभिन्न कार्यक्रममा सहभागी गराउन देशभित्र तथा विदेशमा समेत लैजाने गरेको कुरालाई स्मरण गराए । यसरी बोष्टन कलेजले शैक्षिक तथा समग्र व्यक्तित्व विकासका विभिन्न आयामहरुलाई महत्व दिँदै शिक्षा प्रदान गरेको र यसलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । साथै बोष्टन कलेजले उद्यमशिलता प्रवद्र्धनको लागि ‘बिआईसी स्टार्टअप्स’ मार्फत र सोधपत्र लेखन तथा अनुसन्धान प्रवद्र्धन गर्न ‘बोष्टन रिसर्च डिपार्टमेन्ट’ मार्फत कामहरु अगाडि बढाएको कुरालाई पनि उधृत गरे । उनले बोष्टनले अध्ययनमा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेको र गत वर्ष मात्रै कुल ८० लाख भन्दा बढी रकम बराबरको छात्रबृत्ति प्रदान गरेको कुरा जानकारी गराए ।

बोष्टन कलेजका एसोसिएट डाइरेक्टर पुष्प अधिकारीले दिएको जानकारी अनुसार कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षता भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष चुन नारायण क्षेष्ठ, कृषि तथा वनविज्ञान विश्वविद्यालयका पदाधिकारीहरु, उद्योगी व्यवसायी, बैँकका प्रबन्धकहरु, अभिभावकहरु, बोष्टन कलेजका शिक्षकहरु र विद्यार्थीहरु गरी करिब ३०० बढीको उपस्थिति रहेको कलेजले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Source: https://narayanionline.com/2022/04/02/173886/

Leave a Reply