बोष्टन कलेजमा बीसीआईएस (आइटी), बीबीए र बीबीए-बिआईको भर्ना आह्वान

चितवन,साउन २५-

चितवनको बोष्टन इन्टरनेशनल कलेजले बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआईमा भर्ना अभियान सुरु गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका र उत्तिर्ण सबै विद्यार्थीहरुलाई लक्षित गरेर बोष्टन कलेजले भर्ना सुरु गरेको हो ।

म्यानेजमेष्ट बिषय अध्ययनका लागि उत्कृष्ट गन्तव्य बनेको बोष्टन कलेजले प्रवेश परीक्षा साउन ३१ गते विहान ११ बजे लिने जनाएको छ । कलेजका एसोसियट डाइरेक्टर पुष्पराज अधिकारीका अनुसार चार वर्षे कोर्षका लागि विद्यार्थीले कलेजमा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन् । ‘बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआई कस्तो बिषय हो, यी बिषायहरु किन अध्ययन गर्ने भन्ने बिषयमा विद्यार्थीलाई राम्रो संग जानकारी प्रदान गर्छौ’, अधिकारीले भन्नुभयो ।

विगत १ दशकदेखि म्यानेजमेन्टका विभिन्न विषय अध्ययन गराउँदै आइरहेको बोष्टनले हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्दै आइरहेको छ । बीसीआइएस (आइटी)मा ४८ सिट, बीबीएमा ९६ र बीबीए–बिआईमा ४८ सिट रहेको कलेजले जनाएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुर १० हाकिमचोक स्थित कलेजमा पुगेर अध्ययनका बिषयमा थप जानकारी लिन सकिने एसोसियट डाइरेक्टर अधिकारीले बताउनुभयो ।

Source: https://narayanionline.com/2022/08/10/199471/

Leave a Reply