बोष्टन कलेजले असोज ६ गते बीसीआईएस (आइटी), बीबीए र बीबीए-बिआई प्रवेश परीक्षा लिने

चितवन,भदौ ३०-

चितवनको बोष्टन इन्टरनेशनल कलेजले बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआई अध्ययन गर्न चाहाने विद्यार्थीहरुको प्रवेश परीक्षा असोज ६ गते लिने भएको छ । कक्षा १२ को परीक्षा उत्तिर्ण सबै विद्यार्थीहरुलाई लक्षित गरेर कलेजले प्रवेश परीक्षा लिन लागेको हो । प्रवेश परीक्षा विहान ११ बजेदेखि सुरु हुनेछ ।

म्यानेजमेष्ट बिषय अध्ययनका लागि बोष्टन उत्कृष्ट गन्तव्य बन्दै गइरको छ । कलेजका एसोसियट डाइरेक्टर पुष्पराज अधिकारीका अनुसार चार वर्षे कोर्षका लागि विद्यार्थीले कलेजमा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन् । ‘बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआई कस्तो बिषय हो, यी बिषायहरु किन अध्ययन गर्ने भन्ने बिषयमा विद्यार्थीलाई राम्रो संग जानकारी प्रदान गर्छौ’, अधिकारीले भन्नुभयो ।

विगत १ दशकदेखि म्यानेजमेन्टका विभिन्न विषय अध्ययन गराउँदै आइरहेको बोष्टनले हरेक बर्ष उत्कृष्ट नतिजा निकाल्दै आइरहेको छ । बीसीआइएस (आइटी)मा ४८ सिट, बीबीएमा ९६ र बीबीए–बिआईमा ४८ सिट रहेको कलेजले जनाएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुर १० हाकिमचोक स्थित कलेजमा पुगेर अध्ययनका बिषयमा थप जानकारी लिन सकिने एसोसियट डाइरेक्टर अधिकारीले बताउनुभयो ।

Source: https://narayanionline.com/2022/09/15/206832/?fbclid=IwAR1W0KgbWtZyar6LstG2SRaqLDXV3rNeOHs5p5IoMA4TjkNcBvCIaW0ODFw

Leave a Reply