बोष्टन कलेजका एमबिएका विद्यार्थी दिक्षीत

भरतपुर । बोष्टन इन्टरनेशनल कलेजले एमबिए तहका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्था संकायका डिन डा दयाराज ढकाल प्रमुख अतिथि रहेका थिए ।

एमबिएका २०१८ र १९ व्याचका ९९ जना विद्यार्थीलाई दिक्षीत गराइएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेल, बालकुमारी क्याम्पसका क्याम्पस प्रमुख जगदिश्वर खनाल, महिला उद्यमी विकास समितिकी सहअध्यक्ष जुना माथेमालगायतले मन्तव्य दिएका थिए ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयका पदाधिकारीहरु, उद्योगी व्यवसायी, बैंक म्यानेजरहरु, अभिभावकहरु, बोष्टन कलेजका शिक्षकहरु र अन्य विद्यार्थी गरी २०० बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रम तथा बोष्टन कलेजका अध्यक्ष चन्दले बोष्टनले उत्कृष्ट शिक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखेको बताए । विद्यार्थीलाई पढाई सँगसँगै विभिन्न ठाँउमा लगेर आवासीय कार्यशालाहरु गराउने, इन्टर्नसिप तथा विभिन्न कार्यक्रममा सहभागी गराउने, उद्यमतर्फ आकर्षित गर्नेलगायतका कामहरु गरिरहेको बताए ।

 

Source: https://echitwanpost.com/169273/2022040914/48/07/

Leave a Reply